राष्ट्रपतिको शपथ आज अपरान्ह ४ः०० बजे

934
views

काठमाडौं, ३०, फागुन । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ आज अपरान्ह ४ः०० बजेका लागि तय भएको जानकारी दिनुभयो ।

राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ । तर प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली विवादमा परेकाले को बाट शपथ लिने भन्ने नैतिक संकट भण्डारीलाई परेको छ । राष्ट्रपति भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा पाँचबर्ष कार्यकालको लागि निर्वाचित हुनुभएको छ । उहाँको कार्यकाल पाँच वर्षको हुनेछ ।