कालीगण्डकी करिडोर प्रसारण आयोजनाको निर्माण कार्य तिव्र

1748
views

ठाकुरप्रसाद आचार्य
म्याग्दी, ३०, फागुन । निर्माणधिन कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाको निर्माण कार्य तिव्र पारिएको छ । २२० केभी क्षमताको दाना देखि कुर्खोट सम्म आयोजनाको निर्माण कार्य धमाधम भइरहेको हो । म्याग्दीको दाना देखि पर्वतको खुर्कोट सम्म विस्तार गरिने २२० केभी क्षमताको प्रसारण लाइनका लागि टावर र सव–स्टेसन निर्माण गर्ने कार्य तिव्रगतिमा अगाडि बढाइएको आयोजनाले जनाएको छ ।

दाना देखि खुर्कोट सम्म ४२ किलोमिटर विद्युत प्रसारण लाइनमा एकसय १० ठूला टावर निर्माण हुनेछन् । टावर निर्माणका लागि जग्गाको व्यवस्थापन गरि निर्माण कार्य अगाडि बढाइएको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिनुभयो । ६ महिनाभित्रमा सवै टावरहरु निर्माण भइसक्ने र तार टाङ्ने काम सुरु हुने आयोजना प्रमुख घोषले जानकारी दिनुभयो । सव–स्टेसन रहने अन्नपूर्ण गाउँपालिका ३ दाना देखि पर्वतको खुर्कोट सम्म यतिखेर टावर निर्माण कार्य भइरहेको उहाँले बताउनुभयो ।

आगमी १० महिना भित्र सम्पूर्ण काम सक्ने लक्ष्यका साथ आयोजना अघि वढेको प्रमुख घोषले बताउनुभयो । दाना देखि खुर्कोट सम्म पहिलोचरण अन्तर्गतको ५० प्रतिशत आयोजनाको काम सम्पन्न भएको उहाँले बताउनुभयो । निर्माण सुरु भएदेखी नै लक्ष्य अनुसार आयोजनाले प्रगति हाँसिल गरेकाले तोकिएको समयमा निर्माण सम्पन्न गर्न कुनै कठिनाई नभएको प्रमुख घोषको भनाई छ । दोस्रो चरणको खुर्कोट देखि नवलपरासीको बर्दघाट सम्म पनि आयोजनाले निर्माण थालनी गरेको उहाँले जानकारी दिनुभयो ।

आयोजना र ठेकेदार कम्पनीबीच नोभेम्बर २०१८ मा सक्ने गरि ३० मे २०१६ मा सम्झौता भएको थियो ।

आयोजनाको खुर्कोट –दाना प्रसारण लाईन तथा खुर्कोट र दाना सबस्टेशनको कामको ठेक्का भारतीय कम्पनी टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिक जेभीले लिएको छ । आयोजना र ठेकेदार कम्पनीबीच नोभेम्बर २०१८ मा सक्ने गरि ३० मे २०१६ मा सम्झौता भएको थियो । विचमा कुनै कठिनाई उत्पन्न नभए तोकिएको समयमै आयोजना सम्पन्न हुने उहाँले दावी गुर्नभयो । आयोजनाबाट म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणा भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने आयोजना प्रमुख घोषले बताउनुभयो ।

मुस्ताङमा निर्माण भएको १० मेगावाट क्षमताको थापाखोला र म्याग्दीमा ५ मेघावाटको घलेम्दीखोला, ४२ मेघावाटको मिस्त्रीखोला निर्माणाधीन अवस्थामा छन् भने ४० मेघावाटको राहुघाट र एकसय मेघावाट क्षमताको निलगिरि खोला आयोजना निर्माणको चरणमा छन् । एशियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगमा विद्युत् प्राधिकरणले निर्माण गरिरहेको प्रसारण लाइनका लागि दुई अर्ब ७८ करोड रुपियाँ लागत लाग्ने आयोजना प्रमुख घोषले जानकारी दिनुभयो ।