स्व. थपेर विलिन भए

906
views

–दीपसागर पौडेल

जब फेसबुकका भित्ताहरुमा
मेरा आँखाहरु टक्क अडिन्छन्
चिट्चिट् पसिना आउँछ
मन उथलपुथल हुन्छ
शरिरमा जिरिङ्ग काँडा उम्रिन्छन्
मानसपटल विक्षिप्त हुन्छ
आफुलाई सम्हाल्नै सक्दिन ।

बोल्न खोज्दा ओठहरु कापिरहे
उनीहरुको जीवित उद्धारको निम्ति
कल्पनाको आवेगले
मलाई,
घचघच्याईरहयो
मेरो मन र विचार
एकाएक एकोहोरो भयो ।।

आज मेरो परिवारको सदस्यलाई
गुमाएको जस्तै पीडा भयो
केही मिनेट अगाडी
जब आकाशमा उडिरहेका
ति रंगिन सपनाहरु
यथार्थमा आउन नपाउँदै
सपना जस्तै विलिन भए ।

आगोको रापले भष्म बनाईदियो
बर्षौंसम्म नभएको भेट
ति अनुहारहरुसँग
तिर्खा मेटाउन पुगेका
ति आफन्तहरुसँग
अब कहिल्यै भेट नहुने निश्चित भयो
कारुणिक रादनै रोदनले नछोड्ने भयो ।

त्यो चित्कारमा,
अब सदैबका निम्ति ति झिना खुसीहरु
नयनबाट पानी बनेर बगिसकेका थिए
आँखा अगाडीका दर्दनाक दृष्यहरुले
सपना या यथार्थता केहो ? थाहा थिएन्
डि।आर बनेर फेर्केकाहरु
संधैका निम्ती स्व. थपेर विलिन भए ।।।

कुश्मा नगरपालिका–७ पर्वत