छोरा बचाउन आमाले दिईन् मिर्गाैला

858
views

बेनी, ६ चैत । आफ्नो छोराको दुवै मिगौलाले काम नगरेपछि ६९ बर्षिय अमाले मिर्गौला दिएर छोरो बचाएकी छिन् । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कवाङ भेडिखाल्टाकी ६९ वर्षकी भुलमति बुढाथोमीले र छोराको जीवन बचाएकी हुन् ।

उनका माइला छोरा धनबहादुरको दुवै मिर्गौलाले काम गर्न छोडेपछि आफ्नो एउटा मिर्गौला दिएर छोरालाई पुनर्जिवन दिएको आमा भुलमति बुढाथोकीले बताइन् ।

भुलमतीले मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा पुगेर छोरालाई मिर्गौला प्रदान गरेकी हुन् । आफ्नो मिर्गौलाले छोराले नयाँ जीवन पाएपछि उनी प्रसन्न बनेकी छिन् ।

रोजगारको सिलसिलामा साउदी अरबमा पुगेका धनबहादुर स्वास्थ्य परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको थाहा पाएपछि नेपाल फर्किएका थिए ।