पर्वतमा सञ्चालित जलविद्युत आयोजनाहरुले नदी सुख्खा बनाउँदा पर्यावरणीय असर

1442
views

महेन्द्र जिसी
पर्वत, ६ चैत । विद्युतीय ऐन वातावारणीय ऐन अनुरुप जल विद्युत उत्पादन गर्दा पर्यावरणीय संरक्षणका लागि नदीको २० प्रतिशत पानीको बहाव छोडनु पर्ने व्यवस्था छ । वातावारणीय मुल्यांकनमा पनि जलचर प्राणीको संरक्षणको लागि नदीको पानी पुरै बन्द गर्न पाईदैन, तर पर्वत जिल्लामा सञ्चालित जल विद्युत आयोजनाहरुले नदी नै शुख्खा बनाएर विद्यूत गृह निर्माण गरीरहेका छन ।

अहीले जिल्लाको मोदी खोलामा ७ स्थानमा जलविद्युतको काम धमाधम भईरहेको हो । नदीको झण्डै १५ किलोमीटर क्षेत्रमा पानी शुख्खा बनाएर विद्यूत उत्पादन गर्दा स्थानीय मर्कामा परेका छन । सबै आयोजनाहरुले नदीको पानी नछाडदा आसापासका मुल सुक्दै गएको स्थानीयले गुनासो गरेका छन ।

स्थानीयले आयोजनाले पानीसँग रासाईनीक पदार्थ बगाउँदा खेती वालीमा समेत असर पुगेको बताएका हुन । असला माछाको बासस्थानको रुपमा रहेको मोदी खोलामा अहीले सुख्खा बन्दै गएपछि माछा लोप भएको आमबोटका व्यपारी कृष्ण सुवेदीले बताउनु भयो ।

नदी आसपासका जङगलमा समेत असर पुगेको जिल्ला वन कार्यालय पर्वतले जनाएको छ । जिल्ला बन अधिकृत कृष्ण ढकालले वातावरणीय अनुगमन गर्ने निकाय मौन रहँदा आँफुहरुको पहुँच नपुगेको बताउनु भयो । ढकालले वातावारणीय असन्तुलन बडेको बताउँदै नदी शुख्खा बन्दा मुल शुक्ने समस्या बढेको बताउनु भयो । पुरानो जल विद्युत आयोजना मोदी खोला जलविद्युत आयोजनाको मुख्य द्धार बाटै नदीमा पानी नछेडीए पछि निर्माणा धिन आयोजनाहरुले खोला नै शुख्खा बनाएर सबै पानी क्यानलमा पठाएका हुन ।

निर्माणधिन जलविद्युत आयोजनाहरुले पनि नेपाल सरकारको स्वामीत्वमा रहेको जलविद्युत आयोजनाले नै विद्युत एैन पालना नगरेका कारण थप लार्पवाही गर्दै आएका हुन । अहीले कुश्मा पोखरा राजमार्ग आसपासमा मध्य मोदी जलविद्यूत आयोजना, युनाईटेड मोदी, मनाङ टेनीङ चौधरी ग्रुप अपर मोदी लगायत सात वटा आयोजनाहरु निर्माणाधिन अबस्थामा रहेका हुन। सबै आयोजनाहरुले नदीको पानी नछाडदा आसापासका मुल शुक्दै गएका छन भने आयोजनाले रासाईनीक तत्व बाहीर फाल्दा स्थानीयमा स्वास प्रस्वासमा समेत समस्या देखीन थालेको हो ।

स्थानीय बासीन्दाहरुले आयोजनाले पानीसँग रासाईनीक पदार्थ बगाउँदा खेती वालीमा समेत असर पुगेको बताएका हुन । नदीमा पानी नछाडदा आसपासका बासीन्दाले शुद्ध खानेपानीको समेत अभाव हुन लागेको बताएका हुन । अहीले मोदी खोलको पानी सबै जलविद्युतको क्यानलमा पठाइएका कारण नदी जन्य उत्खनन् समेत बढदै गएको छ ।