‘राजतन्त्र र हिन्दूराष्ट्र’ को नीति परिमार्जन गर्दै राप्रपा

634
views

काठमाण्डौ, ९ चैत । लोकतन्त्र गणतन्त्र स्थापनापछि पनि हिन्दूराष्ट्र र राजतन्त्र पुनस्थापनाको एजेण्डा बोक्दै आएको कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजतन्त्र र हिन्दूराष्ट्र पुनस्थापनाको एजेण्डा परिमार्जनका सम्बन्धमा छलफल सुरु गरेको छ । काभ्रेको धुलिखेलमा जारी उच्चस्तरीय भेलामा पार्टीले लिएका नीति–सिद्धान्त परिमार्जनका विषयलाई छलफलको विषय बनाइएको हो ।

विहीबारदेखि सुरु भएको भेलामा केन्द्रीय पदाधिकारी, केन्द्रीय कार्यसम्पादन समिति र जनवर्गीय संगठनका प्रमुखहरु सहभागी छन् । छलफलमा ‘पार्टीले अबलम्बन गर्दै आएको विचार सिद्धान्तलाई समयानुकूल परिमार्जन गर्नु आवस्यक छ कि छ्रैन ? भन्ने बहस केन्द्रित भएको छ ।

०७४ को निर्वाचनमा विभाजित राप्रपाका तीनै घटकको शर्मनाक पराजय भएपछि राप्रपाले यो छलफलको आयोजना गरेको हो । आफूले बोकेका बैचारिक सैद्धान्तिक पक्षलाई यसरी परिमार्जनको विषय बनाएको राप्रपाले हिन्दू राष्ट्र र हिन्दूत्वको संरक्षणको एजेण्डालाई आगामी दिनमा कसरी अघि बढाउनु पर्ला र राजसंस्थाको एजेण्डालाई कसरी अघि बढाउने भन्ने विषयमा धुलिखेल भेलामा छलफल जारी छ ।