वेष्ट इन्डिजलाई हराउँदै अफगानिस्तान बन्यो विश्वकप क्रिकेटको च्याम्पियन

651
views

काठमाडौँ, १२, चैत । वेष्ट इन्डिजलाई सात विकेटले हराउँदै अफगानिस्तान विश्वकप क्रिकेट छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

जिम्बाबेमा जारी प्रतियोगिताको हिजो भएको फाईनल खेलमा वेष्ट इन्डिजले दिएको २०५ रनको विजयी लक्ष्य अफगानिस्तानले ४० ओभर ४ बलमा ३ विकेट गुमाउँदै पूरा र्गयो ।

अफगानिस्तानका लागि मोहम्मद शहजादले सर्वा्धिक ८४ रन बनाए । त्यस्तै रहमत शाहले ५१, मोहम्मद नाबीले २७ तथा समिउल्लाह शेनवारीले २० रन जोडे ।

वेष्ट इन्डिजले भने ४६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि आर पावेलले सर्वा्धिक ४४ रन बनाउँदा हेटमेयरले ३८ रन जोडे ।

समूह चरणमा तीन खेल हारेको अफगानिस्तानले विश्वकप क्रिकेट छनोट प्रतियोगितामा वेष्ट इन्डिजलाई हराउँदै च्याम्पियन बनेको हो । यो प्रतियोगिताबाट वेष्ट इंडीज र अफ्गानिस्तान अर्को वर्ष हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि छनौट भएका छन् ।