इयु निर्वाचन प्रतिवेदनप्रति काँग्रेसको आपत्ति

1023
views

काठमाडौं, १२ चैत । प्रमुख विपक्षी दल नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा युरोपियन युनियन (इयु) को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलको प्रतिवेदनमाथि छलफल भएको छ ।

बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले इयु निर्वाचन प्रर्यवेक्षण प्रतिनिधिमण्डलमाथि काँग्रेसले आधिकारीक धारणा सार्वजनिक गर्नुपर्ने बताए । इयु निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गरेको पर्यवेक्षणका सम्बन्धमा प्रतिवेदन सार्वजनिक गरेको थियो ।

उक्त प्रतिवेदनका केही बुँदाले नेपालको संविधानका प्रावधानका बारेमा नकारात्मक टिप्पणी गरेको भन्दै आलोचना भइरहेको छ । बैठकपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठक सम्पन्न भएसँगै पार्टीले त्यसबारेमा आधिकारीक धारणा सार्वजनिक गरिने जानकारी गराए ।

शमाले इयु प्रतिनिधिमण्डलको प्रतिवेदनका केही अंशप्रति आपत्ति जनाउँदै क्षेत्राधिकार नाघेर प्रतिवेदन आएको आरोप लगाए ।