बालुवाटारमा विदेशी राजदुत

614
views

काठमाडौं, १३, चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित सबै विदेशी राजदुतहरुलाई बालुवाटारमा बोलाएका छन् । ओलीले अन्तराष्ट्रिय समुदायलाई वामपन्थी सरकारको भावी योजना तथा बैदेशिक नीतिका बारेमा जानकारी गराउने उद्धेश्यले विदेशी राजदुतहरुलाई बालुवाटार बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई सरकारको नीति तथा कार्यक्रमका बारेमा ब्रिफिङ गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए । उनका अनुसार कुटनीतिक नियोगसँग सामुहिक छलफलको प्रबन्ध परराष्ट्र मन्त्रालयले मिलाएको हो ।

सामुहिक ब्रिफिङ आज दिउँसो प्रधानमन्त्री निबासमा हुने भएको हो । ब्रिफिङमा प्रधानमन्त्री ओलीले सरकारको विदेश नीति र स्थायी सरकारले गर्ने कामका बारेमा जानकारी गराउने कार्यक्रम तय भएको बुझिएको छ । सो अवसरमा नेपालमा विदेशी हस्तक्षेप बढेको र इयुको गतिविधिका बारेमा पनि छलफल हुने बताइएको छ ।