प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथको स्वागत

735
views

काठमाडौं २३ चैत । प्रधानमन्त्री केपी ओली भारत प्रस्थान गरेका छन् । ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् । तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार बिहान ९ बजे ओली नेपाल एअरलायन्सको नियमित उडानबाट भारत प्रस्थान गरेका हुन् । ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली दिल्ली प्रस्थान गरेका छन् ।

दिल्ली पुगेपछि प्रधानमन्त्री ओली सिँर्ध इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट सीधै राष्ट्रपति भवनमा पुग्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भवनमा केहीबेर आराम गरेपछि उनले भारतीय उद्योगी व्यवसायीसँग छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय व्यवसायीसँगको छलफलपछि प्रधानमन्त्री ओलीले नेपाली दूतावासमा नेपाली समुदायसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साँझ उनी नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् ।

रात्रिभोजमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेताका साथै कूटनीतिज्ञ र पत्रकारलाई आमन्त्रित गरिएकोे छ । भारतीय समकक्षी मोदी र ओलीबीच शनिबार औपचारिक भेटवार्ता हुनेछ ।