हुम्लामा औषधिको अभाव

875
views

सिमकोट, २६, चैत । हुुम्लाका अधिकांश स्वास्थ्य चौकीहरुमा सरकारले निःशुुल्क वितरण गर्ने औषधिको अभाव भएको छ । स्थानीय सरकारका रूपमा रहेका गाउँपालिका तथा वडा कार्यालयले वार्षिक योजनामा विनियोजन गरेको बजेटबाट औषधि खरिद नगर्दा स्वास्थ्य चौकीमा औषधिको चरम अभाव भएको हो ।

रुघाखोकी तथा ज्वरो आएपछि एक दिन पैदल हिँडेर स्वास्थ्य चौकीमा चेकजाँचका लागि पुुग्नुभएका ताँजाकोट गाउँपालिका–३ मासपुुरका जोख्या बुढाले औषधि नपाएको बताउनुुभयो । मासपुर सदरमुुकाम सिमकोटदेखि चार दिन पैदल दूरीमा पर्छ ।

यता अदानचुुली गाँउपालिका–२ का दीपबहादुुर रोकायाले पनि स्वास्थ्य चौकीमा सिटामोलसमेत नपाइएको बताउनुुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य चौकीको भवन छ, स्वास्थ्यकर्मी छन तर सरकारले निःशुुल्क रूपमा उपलब्ध गराउने ३९ प्रकारका औषधिमध्ये कुुनै पनि औषधि छैनन् ।’

झाडापखाला लागेर स्वास्थ्य चौकीमा जाँदा जीवनजल पनि नपाएको चङ्खेली गाउँपालिका–४ का पदम सिंहले बताउनुुभयो ।

सर्केगार्ड गाउँपालिकाका आठवटै वडाले औषधि खरिदका लागि एक र एक लाख रुपैयाँको बजेट विनियोजना गरेपनि हालसम्म कुुनैले पनि खरिद प्रक्रिया अगाडि नबढाएको गाउँपालिकाका स्वास्थ्य इन्चार्ज सन्तोष धामीले बताउनुुभयो ।

अझ एक वडाले त औषधि खरिदका लागि विनियोजित बजेट कार्यालय सहयोगी राख्नमा खर्च गरेकोे समेत उहाँले बताउनुुभयो । उहाँले गाउँपालिकाभरि छवटा स्वास्थ्य चौकी र दुुईवटा सामुुदायिक स्वास्थ्य क्लिनिक भए पनि ती कुुनैमा स्वास्थ्यकर्मीसम्म नभएकाले त्यहाँ आउने बिरामीको बिजोग हुुने गरेको र रित्तै हात फर्काउनुुपर्ने बाध्यता रहेको बताउनुुभयो । गाउँपालिकाले औषधि खरिदका लागि आठ लाख रुपियाँ बजेट छुुट्याएको र औषधि खरिद प्रक्रिया सुुरु भएर मुुगुुसम्म आएको जानकारी पनि उहाँले दिनुभयो ।

हुुम्लामा २६ वटा स्वास्थ्य चौकी, आठवटा सामुुदायिक स्वास्थ्य क्लिनिक र एउटा जिल्ला अस्पताल रहेको जिल्ला अस्पतालका डाक्टर रञ्जितकुुमार यादवले बताउनुुभयो ।