नेरेसोको ४७ औं महाधिबेशन आज विधान मस्यौदाबारे छलफल

802
views

विराटनगर । हिजोदेखी विराटनगरमा शुरु भएको नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को केन्द्रीय सभाको ४७ औं महाधिवेशनमा आज दोस्रो दिन विभिन्न जिल्लाहरुबाट सहभागी प्रतिनीधिहरुले विधान मस्यौदाबारे छलफल गरेका छन् ।

महाधिबेशनमा प्रस्तावित मस्यौदा उपर उठेको छलफल एवं प्रस्तावमा आजै छानविन समितिले छलफल गर्ने भएको छ । विगतका द्वन्द्व र २०७२ सालको भूकम्पपश्चात नेपाल रेडक्रसले गरेको मानवीय सेवाप्रति एकवद्ध भई प्रतिनीधि एवं सभाषदहरु रेडक्रसको सेवालाई थप विकास गर्न बिभिन्न तहबाट प्राप्त व्यवहारिक सुझावहरुलाई कार्यान्यनमा ल्याइ रेडक्रसलाई थप सबल बनाउन प्रयत्नसिल रहेको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष संजीव थापाले जानकारी दिनुभयो ।

मुलुक संघीयतातर्फ अगाडि बढिरहको सन्दर्भमा नेपाल रेडक्रसको संगठनात्मक संरचना पनि विधानत सोहीअनुरुप अनुकुल बनाउने उद्देश्यका साथ सोही महाधिवेशनले छलफल गर्ने बताउनुभयो । महाधिवेशनको दोस्रो दिन आजै प्राप्त सुझाव, प्रसतावबारे टुङ्गो लाग्ने नेपाल रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

महाधिवेशनमा देशका ७५ वटा जिल्लाबाट रेडक्रसका तीन–तीन जना प्रतिनिधिहरू, केन्द्रीय कार्यसमिति र मनोनित सभासद्हरू गरी २७५ जना प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

नेपाल रेडक्रसका ७५ जिल्ला शाखा, १,५१६ उपशाखा, ६ हजार ३ सय ४० जुनियर तथा युवा सर्कल गरी जम्मा ८ हजार ३५ स्थानीय निकायहरु छन् । जसमा १० लाख ९० हजार सदस्य रहेका छन् ।