ओली सरकार निरंकुश बाटोमा–कोईराला

881
views

काठमाडौँ, ११ वैशाख । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले लोकतन्त्र दिवसका दिन सरकारले दिँदै आएको सार्वजनिक बिदा कटाएर वर्तमान सरकार लोकतन्त्र समाप्त गर्ने बाटोमा लागेको बताएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा ‘गणेशमान सिंह तथा जनआन्दोलन शहिद स्मृति शान्ती प्रतिष्ठान’ ले काठमाडौंको शान्तिवाटिकामा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै डा. कोइरालाले प्रधानमन्त्री केपी ओली राजा महेन्द्रभन्दा निरंकूश बन्दै गएकोले जनआन्दोलन– ०६२, ०६३ को उपलब्धी रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए ।

कार्यक्रममा कांग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. प्रकाशशरण महत, प्रतिष्ठानका अध्यक्ष भिमसेनदास प्रधानले लोकतन्त्र र कांग्रेसको भुमिकाबारे मन्तव्य राखेका थिए ।