‘म भ्रष्टाचार गर्दिनँ, कसैले गरेको सहन्न’- प्रधानमन्त्री

826
views

बुटवल, १६, वैशाख । ‘म भ्रष्टाचार गर्दिनँ, कसैले गरेको सहन्नँ’ ‘भ्रष्टाचारको मामिलामा को पर्छ भनेर अनुहारतिर हेर्दिनँ आइतबार पाँच नम्बर प्रदेशको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताए ।

ओलीले सुशासन विना विकास गर्न नसकिने भन्दै त्यसमा कडाइ गर्ने पनि जिकिर गरे । संविधानले दिएको तीन तहको सरकार गठनपछिको पहिलो पटक संघीय सरकारको प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्न पाउँदा निकै खुशी लागेको बताउँदै यस्तो खुशीको अनुभूति प्रत्येक नागरिकलाई दिलाउन पहल गर्नुपर्ने बताए ।

उनले संक्रमणकालको व्यवस्थापन गर्दा समयमै जनताले अनुभूत हुने गरी काम गर्न नसकेको बताए । उनले सरकारले गति लिन थालेको भन्दै केही समयमा नै जनताले परिवर्तनको अनुभूतिको अनुभव गर्न पाउने समेत दाबी गरे ।

नेपालको व्यापार घाटामा असन्तुलनमात्र नभएर निकै ठूलो अन्तर रहेको बताउँदै यसलाई घटाउन हरेक कुराको सदुपयोग गरेर निर्यातमूलक उत्पादन बढाउने र उत्पादन, रोजगारी, आयमूलक कार्यक्रम लागू गरेर जनताको जीवनस्तर बढाउने काम वर्तमान सरकारले अगाडि बढाउने प्रधानमन्त्रीको भनाई थियो ।