प्रम ओलीको ट्वीटले दाहाल शशंकित

1001
views

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वुधबार पार्टी एकताबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दाहालले प्रधानमन्त्री ओलीको ट्विटरमा आएका विषयबारे प्रश्न गरेका थिए ।

दाहाल निकट स्रोतका अनुसार उनले ट्विटरमा भनिएको विषयप्रति को लक्षित हो भन्दै दाहालले ओलीलाई प्रश्न गरेका थिए । एकताको प्रक्रिया चलिरहँदा नेतृत्वबाट भ्रम सृजनाहुने खालका कुरा गर्न नहुने भन्दै दाहालले ओलीलाई ट्विटले भ्रम छरेको बताएका थिए ।

सोमबार प्रधानमन्त्रीले सोमबार ’हामी विकास र समृद्धिको एजेण्डामा हिंडिरहेका छौं। आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ। लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ। किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।’ भन्दै ट्विट गरेका थिए ।