कठै लालबाबु पण्डित ! देखाउने साइकल तर सम्पत्तिवाल

2128
views

काठमाडौँ, १० जेठ । मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सम्पत्ति सार्वजनिकपछि सबैको चासो बढ्दै गएको छ । यसैबचि संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँगको सम्पत्तिबारेमा पनि निकै चासो बढेको छ । पण्डितको लागि पैसा नभएको भन्दै गएको चुनावमा देश विदेशबाट चन्दा संकलन गरिएको थियो । तर अहिले सम्पत्ति विवरणमा भने उनीसँग प्रशस्तै धन सम्पत्ति भएको खुलासा भएको छ ।

सम्पत्ति विवरणमा पण्डितले सवारी साधनका नाममा आफूसँग एक थान पुरानो साइकल रहेको उल्लेख गर्दै अरु सवारी साधन नभएको भनेर गरिब देखिन खोजेका छन् ।

तर उनीसँग लाखौँ रुपैयाँ बैँक व्यालेन्स, घर, जग्गा, सुन लगायतका सम्पत्ति रहेको छ । पण्डितले विराटनगर एक कठ्ठामा बनेको ५ कोठे घर र ललितपुर भैसेपाटीमा पत्नी विमलाको नाममा ४ आना जग्गा रहेको उल्लेख गरेका छन् ।

उनीसँग १० तोला सुन र १५ तोला चाँदी छ । उनी र श्रीमतिका नाममा बैंक तथा वित्तीय संस्थामा ५५ लाख रुपैयाँ मौज्दात छ ।

अझ रोचक त के छ भने पण्डितले दुई वर्ष अघि मन्त्री बन्दा देखाएको सम्पत्ति र अहिलेको सम्पत्तिमा मेल खाँदैन । २०७२ सालमा मन्त्री हुँदा पेस गरेको सम्पत्ति विवरणमा सर्लाहीको धनगढी–६ मा १२ कट्ठा जग्गा रहेको उल्लेख गरेका थिए । तर, त्यो अहिलेको सम्पत्ति विवरणमा छैन । सर्लाहीकै बसबरियामा चार बिघा पैतृक सगोलको जग्गा छ । उनीसँग विराटनगरमा एक कट्ठा जमिनमा पाँचकोठे पुरानो घर छ ।