बाबुराम भट्टराई गोरखामा हली

699
views

गोरखा, १५ असार । असार १५ अर्थात् धान दिवसको अवसरमा देशैभर रोपाईंको कार्यक्रम भइरहेका छन् । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले गोरखामा आयोजित एक रोपाईं कार्यक्रममा हली र बाहुसे मात्र बनेन् बीऊ समेत काडेका छन् ।

गोरखाको सिरानचोक गाउँपालिका ५ मा आयोजित रोपाईं कार्यक्रममा सहभागी हुन् पूर्वप्रधानमन्त्री भट्टराई गृहजिल्ला आएका हुन् । अन्य नेताजस्तो पाइन्ट सुर्किएर बाबुराम हिलोमा पसेनन् । उनी टिसर्ट र कट्टु लगाएरै हिलोमा काम गरेका थिए ।

बाबुरामले रोपाईं कार्यक्रमको उद्घाटन मात्र गरेनन् । अनौ समातेर केही सियो खेत हिल्याएका समेत थिए । बाहुसेसमेत बनेका बाबुरामले केहीबेर रोपाहारसँगै पुगेर बिउँसमेत काढ्न भ्याए । यसरी बाबुराम सक्रिय भएर भइरहेको रोपाइको आयोजना सिरानचोर गाउँपालिका र नयाँ शक्ति गोरखाले संयुक्त रुपमा आयोजना गरेको हो ।