सवारी दुर्घटनामा, २४ जना घाइते

919
views

प्रकाश सापकोटा नवलपुर, साउन– ५ मध्यविन्दु नगरपालिका १० अरुणखोलामा भएको सवारी दुर्घटनामा २४ जना घाइते भएका छन् ।

शनिबार बिहान पूर्वतर्फ जादै गरेको ना ५ ख ९०६४ नम्बरको ट्रकलाई धनगढीबाट काठमाडौं आउँदै गरेको ना ५ ख ५७६३ नम्बरको अरुणखोला पुल नजिकै दुर्घटना भएको हो । पछाडिबाट ठक्कर दिदा बसमा सवार २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका मध्ये ७ जनालाई चितवनको पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ । सामान्य घाइते भएका ८ जनाको मध्यविन्दु सामुदायिक अस्पताल शहिदनगर डण्डा र ९ जनाको मनकामना पोलिक्लिनिक अरुण खोलामै उपचार भैरहेको छ ।
घाइते हुनेहरूमध्ये काभ्रेका ३१ वर्षीय सुनिल भण्डारी, कैलालीका ३५ वर्षीय कमलसिंह चौधरी, २० वर्षीय कमल खड्का, चितवनकी ४० वर्षीय उमा बराल, कन्चनपुर जिल्ला बेलैरी ३ बस्ने १२ वर्षीय उर्मिला बोहोरा, ३० वर्षीय पदम बोहोरा र कैलाली घोडाघोडी १ बस्ने ८१ वर्षीय कुशल बिष्टको अवस्था मध्यम छ ।