भारतीय गृहमन्त्रीसँग प्रचण्डले भनेः सीमामा नेपाली लुटपाट बन्द गर्नुपर्यो

1087
views

काठमाडौ । भारत भ्रमणमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भारतीय गृहमन्त्री राजनाथ सिँहसँग सीमामा नेपाली लुटपाटको घटनालाई तत्काल बन्द गर्नका लागि आग्रह गरेका छन् ।

भारतीय गृहमन्त्री सिँहसँगको भेटमा प्रचण्डले लुटपाटका घटनाहरुलाई बन्द गन आग्रह गरेका हुन् । गृहमन्त्री सिँहले सीमा क्षेत्रका सबै अधिकारीहरुलाई तत्कालै खबर गरी घटना रोक्न तत्काल पहल गरिने जानकारी दिएका थिए ।

प्रचण्डको सचिवालयले सिंहसँगको भेटमा नेपाल–भारत सम्बन्धका लागि अहिले सकारात्मक वातावरण बनेको बताउँदै नेपालको आर्थिक समृद्धिका लागि दुबै देश मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।