संविधानले सबै नागरिकलाई अधिकार दिएको छ– प्रधानमन्त्री

685
views

काठमाडौं, ३ असोज । आज संविधान दिवसका अवसरमा सैनिकमञ्च टुँडिखेलमा भएको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकार प्राप्ति वा राजनीतिक प्रणालीको नाममा हुने कुनै पनि जबर्जस्ती स्वीकार्य नहुने बताएका छन् ।

प्रधानमन्त्रीले संविधानले सबै नागरिकलाई अधिकार दिएको उल्लेख गर्दै अब अधिकारप्राप्तिका नाममा हुने जबर्जस्ती स्वीकार नहुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले संविधानले लोकतन्त्रका सबै विश्वव्यापी मान्यता संस्थागत गरेको उल्लेख गर्दै आर्थिक शोसण, असन्तुष्टि र विद्रोहका स्वरहरूलाई संविधानले सम्बोधन गरेको बताए ।

प्रधानमन्त्रीले तीब्र विकास चाहने र बिस्तारै चल्न खोज्नेबीचको बेमेलले परिणाम देखिने गरी काम गर्न नसकिएको धारणा राख्दै ‘अलमल भइहाल्छ नि भनेर सुस्तरी चल्ने वा तीब्र विकास गर्ने भन्नेबीचको बेमेलले परिणाम देखिन नसकेको बताए ।