प्रतिनीधि सभा शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा घर्ती

1204
views

काठमाडौँ, ५ असोज । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिका सभापतिमा जयपुरी घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ । समितिको आजको बैठकले उहाँलाई सर्वसम्मतरुपमा सभापतिमा निर्विरोध चयन गरेको हो ।

घर्तीको उम्मेदवारीको प्रस्तावकमा योगेशकुमार भट्टराई र समर्थकमा अन्जना बिशङ्खे हुनुहन्थ्यो । समितिको ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माको अध्यक्षतामा आज समितिको बैठक बसेको थियो ।