बालिका करणी उद्योगमा पक्राउ

899
views

भोजपुर, ५ असोज । जिल्ला प्रहरी कार्यालय भोजपुरले जबरजस्ती कणी उद्योगमा एकजनलाई पक्राउ गरेको छ । । प्रहरीले बालिका करणी उद्योगमा भोजपुर, अरुण गाउँपालिका – ४ चिसापानीका ३८ वर्षीय लालवहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

सांकेतिक तस्विर


श्रेष्ठलाई जबर्जस्ती करणी उद्योगमा सात दिनको म्याद थप गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चरित्रविक्रम कार्कीले जानकारी दिए ।

अभियुक्तले गोठघरमा सुतिरहेका अवस्थामा यही असोज १ गते राति बालिकालाई करणी गर्न खोजेको बालिकाकी आमाले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ ।