रामबाबुले एसिड हानेर घाइते भएकी सम्झनाको मृत्यु

773
views

काठमाडौं , ८, असोज । तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारको क्रममा निधन भएको छ । आइतबार राति कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

चन्द्रपुर नगरपालिका–६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि गत भदौ २७ गते राति सुतिरहेको बेला एसिड प्रहार भएको थियो । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करिब ५० वर्षीय स्थानीय रामबाबु पासवानले तेजाब आक्रमण गरेका थिए ।

तेजाबले सम्झनाको अनुहारसहित शरिरको अधिकांश भाग जलेको थियो । उनकी बहिनी सुस्मिताको अवस्था भने खतरा मुक्त छ । सुस्मिताको कीर्तिपुर अस्पतालमै उपचार भइरहेको छ ।

एसिड आक्रमण गर्ने रामबाबु पासवानलाई प्रहरीले प्रकाउ गरिसकेको छ । उनी जादोलालका छिमेकी थिए । यौन प्रस्ताव नमान्दा एसिड आक्रमण गरो सम्झनाले बयानमा भनेकी थिइन् ।