नवलपुरमा सशस्त्र प्रहरीको स्थायी गुल्म बस्न स्थान अवलोकन

842
views

शोभा जिसी,नवलपुर, १७ असोज  नयाँ जिल्ला बनेको नवलपुर जिल्ला (पूर्वी नवलपरासी) मा सशस्त्र प्रहरीको स्थायी गुल्म बस्नका लागि स्थान खोजी कार्य भएको छ ।

 

सदरमुकाम कावासोती आसपासका दुई स्थानमा बुधबार स्थान अवलोकन तथा सरोकारवालासंग छलफल गरिएको सशस्त्र प्रहरी बल नेपाल पूर्वी नवलपरासी हेकुवा नम्बर ३१ गुल्मको गुल्मपति क्षितिज क्षेत्रीले बताउनुभयो ।

बुधबार सशस्त्र प्रहरीका ईआइजी सैलेन्द्र खनाल नेतृत्वको टोलीले स्थान अवलोकन गर्नुभएको हो । कावासोती नगरपालिका ३ राममन्दिर निर रहेको एकीकृत कार्यालय बस्ने स्थान र कावासोती १६ डण्डामा रहेको यस अघि नेपाली सेना बसेको लगायतका स्थान अवलोकन गरिएको गुल्मपति क्षितिज क्षेत्रीले बताउनुभयो ।

गुल्म कहाँ रहने एकिन भई नसकेको र सरोकारवालासंग पनि बुधबार नै छलफल भएको क्षेत्रीले बताउनुभयो ।

बधुबार नवलपुर जिल्लाको सुरक्षा समिति, सामुदायिक वन, नगरपालिकाका प्रतिनिधि, स्थानीय सरोकारवाला लगायतसंग छलफल भएको थियो ।

यस अघि नवलपुरमा अस्थायी गुल्महरु रहे पनि पहिलो पटक स्थायी गुल्म बस्न खोजेको हो ।