सरकार पूर्ण रुपमा असफल–डा.केसी

716
views

काठमाडौं, २ मंसिर । सरकारको सफल कि असफल टिका टिप्पणी उठिरहेका बेला राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा विश्लेषक केसीले भने,‘कामको हिसाबले यो सरकार पूर्ण रुपमा असफल भैसक्यो ।

डा. केसीले निर्वाचनको समयमा जनतामा गरेका प्रतिबद्धता र वाचाहरु यो सरकारले अहिले पूर्ण रुपमा छोडिसकेको पनि दाबी गरे । सरकारले बोलेका कुराहरु केही पनि पूरा भएने डा. केसीले भने ‘खाल्डाखुल्डीहरु पुर्छु भनियो त्यो काम पनि पूरा भएन् । मन्त्रीहरुले ठेकेदारहरुलाई कारबाही गर्छौं भनेर ठूलो स्वरमा बोले त्यसमा पनि केही भएन् । सिण्डिकेट, सुन काण्ड, निर्मला पन्तको बलात्कारपछि हत्याको प्रकरण आउन थाल्यो ।’ यि घटनाक्रमले पनि सरकारले सफल काम गरेन् ।

ओली सरकारले कुनैपनि क्षेत्रमा आशातित नतिजा नदेखाएको उनको आरोप छ । उनले भने,‘ओलीले किन पश्च्गामी शैलीमा काम गर्न थाले ? मैले बुझ्न सकेको छैन् । नाकाबन्दीको बेलामा ओलीले राष्ट्रिय अडान लिए । हामीले पनि सफल नेताको रुपमा चित्रण गरेकै हो । मैले त झनै सफल नेता र विकासको ‘एसेट’ को रुपमा लिएको थिएँ । तर, मैमाथि त्यतिवेला प्रश्न खडा भयो ।’ केसीले ओली सरकारले जनतामा कुनैपनि आशालाग्दो नतिजा नदिएको जिकिर छ ।

उनले भने,‘अहिलेका नेताहरुमा प्रचण्ड गतिशील छन् । तर, उनको त्यो गतिशिलता हाम्रो लागि प्रयोग भएन् । उनकै छोरी र बुहारीको लागि त्यो ‘डाईनामिज्म’ लागु भयो ।’