समुदाय प्रहरी साझेदारी कार्यक्रम महाशिलामा

846
views

पर्वत । महाशिला गाउँपालिका–५ लुङखु देउरालीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्न गरेको छ । लागुऔषध प्रयोग, मादक पदार्थ सेवन, जुवा तास, महिला तथा घरेलु हिंसा जस्ता क्रियाकलापहरुमा नियन्त्रण गरि समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्वेश्यले महाशिला गाउपालिका र ईलाका प्रहरी कार्यालयको आयोजनामा सो कार्यक्रम भएको हो ।

कार्यक्रममा महाशिला गाउपालिका प्रमुख राजु प्रसाद पौडेलले लागुऔषध प्रयोग, मादक पदार्थ सेवन, जुवा तास, महिला तथा घरेलु हिंसा जस्ता क्रियाकलापहरु नियन्त्रण गरी शान्ति स्थापनाका लागि राज्य, सुरक्षा निकाय र जनस्तरबाटै निगरानी राख्नुपर्ने बताए ।

सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, पर्वतका प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारी, वडा अध्यक्ष, स्थानीय बुद्दिजीवि, भद्रभलाद्मी, बिभिन्न राजनीतिक दलका प्रतिनिधी, महिला समुह लगायत अन्य सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले कार्यक्रमको अवधारणा पत्रको वारेमा जानकारी दिएका थिए ।