मंसिर ८ नेकपाको जनसभा, विप्लवलाई सकस

699
views

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गते जनसभाको आयोजना गरेको छ । मंसिर ८ को तिव्र प्रचार प्रसारमा लागेको सो पार्टीको प्रचार पोष्टर व्यानर प्रहरीले ठाउँठाउँमा च्यातेको खवर समेत सार्वजनिक भएको छ ।

यसैबीच राज्य पक्षले पक्राउ गर्ने सूचना पाएपछि जनसभालाई संबोधन गर्न विप्लव नआउने भएका छन् । कार्यक्रमलाई सो पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्माले संबोधन गर्ने वताइएको छ ।

नेकपाका प्रवक्ता प्रकाण्ड र स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनसहितको उपस्थितिमा आइतवार काठमाडौँमा भएको बैठकले महासचिव विप्लवलाई उपस्थित नगराउने निर्णय समेत गरेको छ ।

जनसभामा आगामी रणनीतिबारे सार्वजनिक गर्ने जनाइएको छ । जनसभाका लागि सो पार्टीले राजधानी लगायतबा विभिन्न् ठाउँहरुमा भेला तथा सभा गरिरहेका छन् ।