पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु

797
views

पाँचथर । २०७४ भाद्र १९ गतेको सरकारी निर्णय अनुसार नेपालमै पहिलो पल्ट पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । पाँचथरकी १ सय १ बर्षीय भगवती भण्डारीलाई पहिलो राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरिएको हो ।

गृहमन्त्री रामबहादुर थापाले पहिलो राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरेर वितरणको शुभारम्भ गरेका थिए । सो अवसरमा पाँचथरबाटै देशभरमा राष्ट्रिय परिचयपत्र बाड्ने अभियान सुरु गरीएको घोषणा समेत गरीएको छ ।

दोस्रो परिचय पत्र भने गृहमन्त्री थापालाई नै हस्तान्तरण गरीएको छ । वृद्धा भण्डारीको हातबाट थापाले परिचयपत्र लिएका हुन् ।

पाँचथरको सदरमुकाम फिदिममा विशेष समारोहको आयोजना गरी परिचयपत्र वितरणको प्रारम्भ भएको हो । सोमबारदेखि सुरु परिचयपत्र वितरण निरन्तर चल्ने छ ।

परिचय पत्र एटिएम कार्ड जस्तै छ । व्यक्तिका सम्पूर्ण विवरण राख्न मिल्ने गरि परिचय पत्र बनाइएको छ । १० वटा अंक रहेको परिचयपत्रमा प्रत्येक व्यक्तिको नम्बर फरक रहने छ ।