‘डंकिनी मोरी’ गीत मार्फत कालरात्रि ब्याण्डको पुनरागमन’

920
views

सचिन्द्र श्रेष्ठ
बाग्लुङ, ११, मंसिर । करीब १७ बर्ष अघि बेनिका केहि स्कूले साथीहरु मिलेर ब्याण्ड बनाउदै आएका संदीप श्रेष्ठको नेतृत्वमा हाल ’कालरात्रि’ ब्याण्डको नया गीत ’डंकिनी मोरी’ यूट्यूब मार्फत सार्बजनिक भएको छ ।

ब्याण्डका मुख्य लिड गायक संदीप श्रेष्ठले सुरुवात २०५८ साल तिरै बागलुङको पूजा हलमा’ द एक्स’ ब्याण्ड सँग कन्सर्ट गर्दै आए पश्चात उनले आफ्ना केहि साथी लिएर ब्याण्ड गराएका थिए तर साथीहरुले निरन्तरता दिन सकेनन। उनले हिम्मत हारेनन लागी परी रहे र बेला बेलामा आफ्नो एकल गायन प्रस्तुत गर्दै गरे बिभिन्न नेपाली चलेका गायक गायिकासँग तत्पश्चात सांगीतिक अभियानलाई अझ थप परिस्कृत गर्न राजधानी छिरे ।

२०६२ सालमा काठमाण्डौ अध्ययन गर्दा उनलाई संगीतले छोई सकेको थियो त्यही बेला ’ब्लड ब्लास्टर’ ब्याण्ड सँग मिलेर ’ओम नम शिवाय’ भन्ने गीत निकाले । बागलुङको ’सोल’ब्याण्डको सामान भाड़ामा लिएर आफ्ना केहि साथीहरु मिलेर म्यूजिक सिक्दै संघर्ष गरेको र दशैको कालरात्रिका दिन हरेक बर्ष कार्यक्रम गर्ने गर्दा उक्त ब्याण्डको नाम ’कालरात्रि’ राखेको संदीप श्रेष्ठ बताउँछन् ।

कालरात्रि ब्याण्ड तयार भए पछि ’बालै भएन’ नामक गीत निकाले । त्यसपछि लामो समयको अन्तराल पछि उक्त ब्याण्डले अहिले ’डंकिनी मोरी’ यूट्यूब मार्फत ल्याएका छन । गायक, रचना स्वयं संदीपकै आवाजमा उक्त गीत सुन्न र हेर्न सकिन्छ। कन्दरा ब्याण्डका (अमृत गुरुङ) र ब्याण्डकै कम्पोज रहेको म्यूजिक भिडियो धौलागिरीका मनोरम दृश्य गलेश्वर धाम, महारानी थान, कालीगण्डकी रिसोर्ट,मल्लाज दरबारमा छायाङकन गरिएको उक्त भिडियोलाई अनूप बानियाले खिचेका छन भने गीत संगीतमा छुट्टै पहिचान बनाउन सफल लोकप्रिय निर्देशक भूपेन खडकाले निर्देशन तथा सम्पादन गरेका छन ।

क्रिएटिभ मीडियाको प्रस्तुति रहेको म्यूजिक भिडियोमा मोडल निर्देश र आरोशिको गज्जबको अभिनय देख्न सकिन्छ ।