-सचिन्द्र श्रेष्ठ
“ओ भाई अमेरिका जाने हो, अहिले जान सजिलो र छिटो पनि हुन्छ’’ बिहान बिहान सन्तोषको मोबाइलमा कुनै दलालले फोन गर्दछ । “कति छ अमेरिकाको लागत’’ मिलाएर पठाउलानि, के चिन्ता लिनु पर्यो भाई, यो संवाद हो दलाल र सन्तोष बीचको जो आजकल हर कोही सपनाको देश अमेरिका जाने जो कोहीलाई पनि यसरी नै फोन या सन्देश आउने गर्दछ ।
हो ! यो नेपाल देखि हुने भारत होस् या द.अफ्रीका, तान्जानिया, केन्या, किर्गिस्तान होस् जहाँ तहि यो मानव तस्करीको जालो संसारभरी एउटा महामारीको रुपमा फैलिएको छ । सहज जान नसकेपछि मानिसहरू अहिले अबैध रुपमा जाने आउने क्रम बढ्दो छ । बिशेष गरी युवायुवतिहरु त झन बढ़ी नै छ अमेरिका जाने यो अहिलेको समयमा । आम मानिसमा बेरोजगारी या अमेरिकामा पाइने सेवा सुविधा, पी आर, ग्रीन कार्ड, सुलभ जीबनयापनको लोभले पनि अमेरिका जाने लहर नै अहिले बढेको छ ।
भारत, थाईलैण्ड, इक्वेटर, कोलंबिया, पनामा हुँदै मेक्सिकोको कठिन बाटो हुँदै अमेरिका पुग्नु त्यति सहज पक्कै पनि छैन । दिनरात नसुति जंगल, समुन्द्रको भोक प्यास छाडि अमेरिका जाने सपनाको चक्करमा केही महिना पहिले बेनीको एक युबकको ज्यान समेत गएको छ । यसरी यति लामो यात्रामा कति त भोक प्यास साथै समुन्द्रको आँधीमा मर्नेको संख्या अनगिन्ति छ । जसको कुनै रेकर्ड नै पाइदैन न त उनिहरुको शव घर नै फिर्ता पठाउन सकिन्छ । अमेरिका जाने कति महिलालाई धमक्याएर बलात्कार गर्ने या आश्वासन दिएर फकाई यौन क्रियाकलाप गर्न प्रेरित गर्ने गरेको जो त्यस्तो महिला बच्चा पेटमा बोकेर यस्तो कठिन यात्रा अनि लाश र पैसाको केहि नसोची अमेरिका जानेको कमी पक्कै पनि छैन ।
नेपालमा रहेका साहू महाजन भनौं या ठुला ठुला बैंक, सहकारी पनि रोजगार वा नेपालमा नै केहि ब्यावसाय गर्छु भन्दा सहज पैसा दिदैन तर अमेरिका जान्छु भन्यो भने महँगो ब्याज लगाई घर खेत, के के सम्पत्ति छ धितो राखेर पैसा उपलब्ध गराएको पाइन्छ । यस्तो खालको समस्याबाट आम मानिस ग्रसित छन, न गाउँ न सहर कुनै ठाऊ खाली छैन । आजकल हरेक घरमा एउटा युबा या युवति भेट्न सकिन्न बुढापाकाले घर सम्हालेको अवस्था छ ।
स्वदेसमै रोजगारीको अबसर नहुँदा मौलाएको मानवतस्करीमा संलग्नहरुलाई गाउँ घर समाज र तिनै समाजमा बस्ने मै हुँ भन्नेहरुले पनि देखो नदेखो गर्ने खासै चासो नदिंदा पनि राजनीतिक आडमा यस्ता मानव तस्करहरु दिनहु लाखौं लाखको कारोबार अबैध रुपमा गरिरहेका छन । धौलागिरी क्षेत्रको कुरा गर्ने हो भने कुश्मा बाग्लुङ र म्याग्दी र आसपासमा दिनहुँजसो घर घरमै पुगेर अमेरिका लैजान्छु भन्दै पासपोर्ट माग्न हिंड्नेको ठूलै समुह सक्रिय छ । उचित दण्ड र सजायको कमी एवं पैसा र राजनीतिक संरक्षणले गर्दा सबैलाई थाहा हुँदापनि स्थानिय स्तरमा त्यस्ता मानव तस्कारहरु खुलेआम हिडिरहेका छन । कुश्मा बजारकै कुरा गर्ने हो भने एक घर एक ब्यक्ति नै मानव तस्करको छायाँमा अबैध बाटो हुँदै अमेरिका र क्यानाडा जस्ता देशमा पुगेको देख्न सकिन्छ । २५/३० लाखमा डिल गरेर पनि अन्तिममा ५/७ छुट्टै असुल्ने, घर परिवारमाथि पनि बिभिन्न दबाब र झुट्टा आश्वासनले दिनहुँ सास्ती र ठगी गर्ने त्यस्ता मानव तस्कर बिरुद्द अहिलेसम्म केही ठुलो सजाय र कदम चालेको जस्तो देखिदैन । सबै मौन या बेखबर जस्तो देखिन्छन् । मानब अधिकारवादीहरु पनि अबैध बाटो बिभिन्न झुट्टा कुरामा पारेर ४० र ५० ठगी गर्ने गिरोहले बाटोमा दिने पीडा र दुःखको बारेमा सायद ज्ञात नै हुनुपर्छ त्यस बिषयमा खासै बोलेको कही देखिदैन ।
यो मानव तस्करीमा अहिले नेपाली कला क्षेत्र पनि अछूत छैन भनेर फरक नपर्ला । केहि समय पहिले राजेन्द्र खड्की जेल परीसकेका छन भने अर्का निर्देशक सुदर्शन गौतम बिरुद्ध छानबिन चल्दै आएको छ । बागलुङका सागर श्रीस ४४ जनाको ६५ लाख) म्याग्दीका लेक पुन (२२ जनाको ६४ लाख) पनि संलग्न देखिन्छ । यो खालको प्रमुख जगमा ठूलाबडाको आशिर्वाद, पहुँचवालाको मनोमानि, राजनितिक र पैसाको खेलले यस्ता क्रियाकलापमा संलग्नको अहिलेसम्म न कुनै कारबाही न कुनै सजाय नै भोगेको पाईएको छ । पैसा र पावरको दबदबा रहेको यो हाम्रो समाज आम मानिस पैसा र ठूलो सपना देख्ने सोचमा हरेक घरले जायज्याथा र ज्यान समेत फाल्नु परेको छ । यो समस्या कहिलेसम्म हाम्रो समाज र देशले भोग्नुपर्ने हो जसको कुनै जवाफ नै छैन न त कुनै प्रहरी, प्रशासनको दम नै ! मुखदर्शक जस्तो भएर बसेको छ सरकार । यसको समस्यामा आम मानिस जबसम्म सुरक्षा, अभियोजन, रोकथाम, भागीदारी जस्ता कार्यको सोच लिएर अगाडि बढ्दैन तबसम्म यो मानव तस्करीको रोग निको हुनेवाला छैन ।
पहिले पहिले भारतमा बालबालिका, युवतिहरु नेपालको सिमानाबाट अनगिन्ति रुपमा यौन धन्दा, डिस्को, रेस्टुरेन्टमा गएर काम गर्नेको कमी थिएन जसको पुरस्कार स्वरुप एड्स, गनोरिया, यौन रोग लिएर नेपाल फर्कनेको ठुलो जमात नै थियो । जसको बिस्तारै गैरसरकारी तथा सरकारी निकायको गतिलो छानविनका कारण केहि कम भएको थियो तर अहिले यो अमेरिका जाने मोहका कारण कुनै संख्या कमी आएको छैन । ललाई फकाई अमेरिका जान प्रेरित गरने, ठगी गरी सोझा साझालाई फसाउने क्रम झन झन तिब्र रुपमा बढेको छ ।
सानो लोकल लेबलको दलाल देखिमाथिसम्मको ठूलै पहुँचको पैसा र पावरका कारणले ति अबैध अमेरिका पठाउँने दलाललाई प्रहरी प्रशासनले कारबाहीको दायरमा ल्याउनसकेको छैन । स्थानीय दलालहरुले अमेरिका जान लालयित गर्ने र अमेरिका पुगेपछि त्यहीँ पनि दलालीको चक्करमा परी ४० लाख भन्दा बढ़ी रकम असुलि गर्ने देखिन्छ जून हाम्रो समाज छन । यूरोप तथा अहिले यूएईमा समेत पर्यटक भीसामा नेपालबाट बोलाएर दलालले राम्रो काम दिने सोचमा अलपत्र पारेको देख्न सकिन्छ । यूएईमा बिभिन्न कार्यक्रम भए यो बिषयमा तर ठोस कदम कुनै देखिएको छैन । यूएईमा आएर ठगिएका यूवतिहरु डिस्को र यौन धन्दामा फस्नु परेको छ । अझैपनि आम मानिस यो मानव तस्करीको जालोमा फसेर पीडित भई संधै बाँच्नुभन्दा बेलैमा त्यसको बिरुद्ध आवाज निकाल्न सकिएन भने यसले ठुलो नेपाली जन धनको क्षति नपुर्याउलाभन्न सकिन्न ।