जोरबिजोर नियम खारेज

537
views

काठमाडौं, १४ मंसिर । सरकारले उपत्यकामा ४ दिनका लागि गरेको जोर विजोर प्रणाली हाटउने निर्णय गरेको छ । गैरसरकारी संस्था युनिभर्सल पिस फेडरेसनले आयोजना गर्ने कार्यक्रमका सहभागीलाई आवतजावतमा सहज बनाउनका लागि जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । जोरबिजोर प्रणालीको तिव्र विरोध भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाजिक सञ्जालमार्फत जोरविजोर प्रणााली हटाइएको जानकारी दिएको छ । युनिभर्सल पिस फेडरेसनले मंसिर १४ देखि १७ सम्म गर्न लागेको ‘एसिया प्यासिफिक समिट’ का लागि गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले जोरबिजोर नम्बरका आधारमा सवारी साधन चलाउन दिने निर्णय गरेको थियो ।

मंसिर १३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बरका गाडी मात्रै चल्न दिइने बताइएको थियो ।