राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता

507
views

काठमाडौँ, १४ मङ्सिर । नेपालको औपचारीक भ्रमणमा रहनुभएका म्यानमारकी स्टेट काउन्सिलर आङसाङ सुकी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृतको सहभागिता रहेको थियो ।

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि काउन्सिलर सु की बिहीबार बिहान काठमाडौँ आइपुग्नुभएको हो । सो सम्मेलन आगामी शनिबार आयोजना हुँदैछ ।