अझै टेलिफोन छैन सिंजामा

999
views

जुम्ला, ४ पुस । तीन गाउँपालिका रहेको सिंजा क्षेत्रमा अझै टेलिफोन सेवा पुगेको छैन् । टेलिफोन सेवा उपलब्ध नहुँदा सिंजावासीलाई सास्ती भएको छ । सिंजा गाउँपालिकामा नेपाल टेलिकमको साझेदारीमा टेलिफोन विस्तार भएको भए पनि अन्य दुई गाउँपालिकामा भने डाँडा पाखा धाउनुपर्ने बाध्यता छ ।

सिंजाको नराकोटमा राखिएको टेलिफोन टावर हवाई कम्पनीले निर्माण सम्पन्न भइसकेको छ । यो समय सिंजाली पुरुष धन कमाउन भारततिर गएपछि आफन्तसँग नियमित सम्पर्कसमेत हुन सकेको छैन । अहिले त्यहाँका महिला, पुरुषसँग कुराकानी गर्न नपाएको कनका सुन्दरी गाउँपालिका–५ का लालकली बूढाले बताउनुभयो ।

श्रीमान् भारत गएको महीना पुग्न लाग्यो, टेलिफोन नहुँदा सास्ती भएको छ, उहाँले भन्नुभयो । यहाँका हरेक बस्तीका पुरुष व्यापार व्यवसायको लागि भारततिर गएका छन् ।

हिमा र कनकासुन्दरी गाउँपालिकाले पनि सञ्चारको लागि करोडौँ रकम छुट्याएको भएपनि अहिलेसम्म टेलिफोन विस्तारमा कुनै काम भएको छैन ।