विभिन्न आरोपमा चार जना पक्राउ

526
views

इलाम, १२, पौष । जबर्जस्ती करणी गरेको आरोपमा दुई युवकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।इलामको सन्दकपुर गाउँपालिकाकी एक वृद्धालाई जबरजस्ती गरेको आरोपमा प्रहरीले इलामको सन्दकपुर गाउँपालिका–४ का ३० वर्षीय सोम राई र झापा बुद्धशान्ति गाउँपालिका–४ बुधबारेका २७ वर्षीय उत्तम श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि अनुसन्धान शुरू भएको इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले बताए ।