तमु ल्होसारमा सार्वजनिक विदा

456
views

पोखरा, १२, पौष । गण्डकी प्रदेशमा गुरुङहरुले मनाउने साँस्कृतिक पर्व ल्होसारमा सार्वजनिक विदा हुने भएको छ । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले तमुहरुको साँस्कृतिक पर्व ल्होसारमा सार्वजनिक विदा दिने घोषणा गरेका हुन् ।

लमजुङको घलेगाउँ स्मार्ट भिलेज शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री गुरुङले सो घोषणा गरेका हुन् । संघिय सरकारले कम्तीमा ६ दिन विदा दिनको लागि प्रदेश सरकारलाई अनुमती दिएको उल्लेख गर्दै मुख्य मन्त्री गुरुङले तमुहरुको बाहुल्यता रहेको गण्डकी प्रदेशमा प्रदेश सरकारले विदा दिने बताए । उनले प्रदेश मन्त्रीपरिषदबाट निर्णय गरी विदा सार्वजनिक गर्ने बताए ।