धरहराको शिलान्यास गर्दै प्रधानमन्त्रीले भने शंका उपशंका गर्नुपर्दैन

950
views

काठमाडौं । २०७२ सालको भुकम्पले भत्कयाएको धरहरा पूननिर्माणको शिलन्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । भूकम्प गएको ४४ महिनापछि बिहीबार धरहरा पुनर्निर्माणको शिलान्यास गरिएको हो ।

धरहराको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले पुनःनिर्माणको काम शुरु भएको बताए । उनले शंका उपशंका नगर्न पनि आग्रह गरे ।

प्रधानमन्त्री ओलीले धरहरामाथि बसेर काठमाडौं हेर्ने इच्छा व्यक्त गरे । ठेकेदारले दुई बर्षभित्रैै धरहरा निर्माणको काम सक्नेमा प्रधानमन्त्री विश्वस्त बने । ‘अब बन्ने धरहराको टुप्पोबाट वातावरण सुधारिएको सुन्दर काठमाडौ हेर्नुपर्छ, ओलीले भने ‘अब ज्येष्ठ नागरिकहरु पनि चढ्न सक्ने धरहरा बन्छ ।’

२०७२ सालको भूकम्पमा भत्किएको भग्नावशेषलाई संरक्षण गर्दै त्यसको छेउँमा २२ तले नयाँ धरहरा निर्माण हुनेछ ।