प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध ९ उजुरी

579
views

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध ९ उजुरी परेका छन् । संसदीय सुनुवाइ विशेष समितिमा ९ वटा उजुरी परेका छन् । उजुरीमाथि बिहीबारदेखि अध्ययन थालेको छ ।

ती उजुरीहरूबारे समितिले सुरुमा उजुरीकर्तासँग छलफल गर्नेछ । उजुरीकर्ताहरूलाई शुक्रबार दिउँसो १२ बजे छलफलका लागि समितिले सिंहदरबारमा बोलाएको छ ।

संसदीय सुनुवाइ समितिले संवैधानिक समितिको सिफारिस स्वीकृत गरेमा राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ । मंसिर २७ गते संवैधानिक परिषदले सर्वोच्चका वरिष्ठतम् न्यायाधीश मध्येबाट जबराको नाम भावी प्रधानन्यायाधीशमा सर्वसम्मतीबाट सिफारिस गरेको थियो ।

जबराविरुद्ध वीरगन्ज महानगरपालिका २ मा पर्ने छप्कैया पोखरीको गुठीको नाममा भएको जग्गा आफ्ना नातेदार प्रमोद शाहको नाममा दर्ता गर्ने फैसला गरेको, अन्य विभिन्न ठाउँको सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको, रोयल्टी नतिर्ने क्यासिनोलाई सञ्चालन अनुमति दिने फैसला गरेकोलगायतका उजुरी परेका छन् ।