समायोजनमा असहयोग गर्ने कर्मचारीलाई कार्वाही

612
views

काठमाडौंँ, १९, पुस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन प्रक्रियाको अभियानमा असहयोग गर्ने कर्मचारीलाई कानुनअनुसार कारबाही हुने बताएका छन् ।

मन्त्री पण्डितले गोरखापत्रसँग बुधबारको कुराकानीमा संघीय प्रणालीको स्थायी कार्यान्वयनको सुरुवात कर्मचारी समायोजनबाटै हुने विश्वास व्यक्त गरे ।

उनले जनताको सेवालाई घरदैलोमा पु¥याउन संघीय प्रणालीको आवश्यकता परेकाले जनताको सेवामा असहयोग गर्ने कर्मचारीलाई सरकारले छुट नदिने चेतावनीसमेत दिए ।

कर्मचारी मनचिन्ते रोगबाट ग्रसित छन् मन्त्री पण्डितले भने “कर्मचारीहरु ‘मन चिन्ते’ रोगबाट बाहिर आउनुपर्छ । समायोजनले कर्मचारीको मनोबल घटाउने आरोप, विरोध मनगढन्ते कुरा मात्र हो । केही नपाएपछि कनिका केलाउनु जस्तै हो ।”

कर्मचारी समायोजनका लागि २१ दिने सूचना जारी गरी कर्मचारीको इच्छा जाहेरको काम भइरहेको बताउँदै उनले आवेदन नभर्ने कर्मचारीलाई नछाड्ने चेतावनी दिए ।

मन्त्री पण्डितले भने ‘अटेर गर्ने, जिम्मेवारी निर्वाह नगर्ने कर्मचारीलाई घर पठाउनुबाहेक सरकारसँग अर्को विकल्प छैन् ।