अंग्रेजी नयाँ बर्षको संवादः बागलुङमा यसरी गरियो स्वागत

660
views

सिताराम थापा
बागलुङ, १९ पौष । बागलुङ जिल्लामा अंङग्रेजी नयाँ बर्षको स्वागत एक सांस्कृतिक साँझ सहित होटलमा विशेष छुट दिएर आन्तरीक तथा बाह्य पर्यटकलाई आकर्षण गरि मनाईएको थियो ।

आजकल अंग्रेजी नयाँ वर्षलाई नेपालकै एक भव्य पर्वका रुपमा मनाउन थालिएकोले बागलुङमा पनि यसको विशेष थालनी गरीएको छ । तर एकथरी मानिसहरुले यसलाई पश्चिमाहरुको संस्कृतिको रुपमा मानेता पनि विश्वव्यापिकरणको प्रभावलाई स्विकार्न बाध्य हुने नागरीक संजालका संयोजक एवं सामाजिक अभियान्ता सिताराम थापाले बताए ।

पछिल्लो समयमा सामाजिक सञ्जालदेखि विभिन्न चोक तथा चिया पसलहरुमा अंग्रेजी नयाँ वर्ष भन्दा नेपाली नयाँ वर्ष बैशाख १ लाई नै मनाउनुपर्ने बहस उठेपनि खासमा अंग्रेजी नयाँ वर्ष मनाउनेहरु पर्यटकिय देशमा पर्यटक भित्राउन यो नयाँ वर्ष मनाउनु पर्ने तर्क राख्ने गरेको थापाले बताए

बागलुङले पनि अंग्रेजी नयाँ वर्ष २०१९ लाई भव्य रुपमा स्वागतको साथ २०१८ लाई विदाई गरेको थियो । जिल्लालाई पर्यटकीय गन्तव्य बनाउने र पर्यटन केन्द्रको प्रचारप्रसार गर्ने उद्देश्यले गरिएको साँस्कृतिक साँझमा एक दर्जन चर्चित कलाकारहरुले आफ्नो गितिसंगित मार्फत प्रस्तुति दिएका थिए ।

पर्यटन विकास समिति बागलुङको आयोजना जिल्ला समन्वय समिति र बागलुङ नगरपालिकाको सहकार्य र टुबर्ग बियरले होटल ब्याबसायिलाई प्रायोजन समेत गरेको थियो ।

सांस्कृतिक कार्यक्रममा प्रमुख कलाकार तथा नवआगमन समाजसेवि कलाकार लक्ष्मण श्री को बेजोड प्रस्तुति रहेको थियो । चर्चित कलाकारहरु थानेश्वर गौतम, रविन खड्का, पूर्ण परियार, योगेश काजि बि.सी लगायतका कलाकारले २०१८को अन्तिम रात तथा २०१९ को पहिलो दिनलाई संगितमय बनाएका थिए । उक्त सांझमा हजारौ दर्शकको भिड सहित रंगमञ्च गरिरहेको थिए ।

बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अर्जुन चोखालले गरेका थिए ।