टिकापुर हत्याकाण्डः दोषी सपथ तयारीको विरोध

1112
views

काठमाडौं, १९, पुस । नेपाल तरुण दलले टिकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई सररकाले सांसद पदको सपथ ग्रहण गराएको भन्दै आलोचाना एवं विरोध गरेको छ ।

तरुणदलका महासचिव भुपेन्द्रजंग शाहीले एक वक्तव्य जारी गरी बर्तमान कम्युनिष्ट सरकारले चौधरीलाई कानून बिपरित जेलबाट निकालेर साम्सद पदको सपथ गराउने कार्य नेपालको संविधान र कानूनी शासनको ठाडो उल्लंघन गरेको जनाएका छन् ।

विज्ञप्तीमा भनिएको छ ‘२०७२ भाद्र ७ गते टीकापुरमा भएको निर्मम र बर्बरतापूर्ण हत्याकाण्डमा मारिएका सातजना सुरक्षाकर्मी र नाबालकको हत्याको मुख्य दोषीको रूपमा रहेका चौधरीलाई कार्वाही गर्नुकाके सट्टा उल्टै सम्मान स्वरुप सपथ गराउने कार्यले शान्ति सुरक्षा, दण्डहीनता र कानूनी राज्यको उपहास गरेको छ ।’

साथै सरकार यो अबैधानिक, निरङ्कुस, अमानवीय र अन्यायपूर्ण निर्णयको नेपाल तरुण दल घोर भत्र्सना गर्दछ । आफ्नो सत्ता स्वार्थको नाममा हत्या गरिएका निर्दोष नागरिकका परिवारलाई थप पीडा दिने हर्कत नगर्न वर्तमान सरकारलाई नेपाल तरुण दल सचेत गराउन चाहन्छ ।