महायज्ञमा ४८ लाख रुपैयाँ संकलन

668
views

अनिता क्षेत्री
पुस, २४, गते । जलजला गाउँपालिका २ को बगरफाँटमा आयोजित महायज्ञमा ४८ लाख रुपैया संकलन भएको छ ।

सामुदायिक विद्यालय सञ्चालनका लागि पुष १७ गतेदेखि सुरु भएर सोमबार समापन भएको महायज्ञमा ४८ लाख दश हजार ५०० रुपैयाँ आर्थिक संकलन भएको महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।

प्रचारप्रसार उपसमितिका संयोजक कृष्ण जिसीका अनुसार आर्थिकसँगै तीस मुरी धान पनि संकलन भएको छ ।

महायज्ञमा प्रमुख वाचक कमलनयन गौतम थिए । हाल कक्षा १ सम्म पठनपाठन सञ्चालन हुने सिद्धबाबा आधारभुत विद्यालयको तह थप, निजी शिक्षकको तलब व्यवस्थापन र भौतिक पूर्वाधार सुधार गर्न महायज्ञ आयोजना गरिएको थियो ।