पोखरामा हुने फुटबल स्टेडियमको स्थलगत निरिक्षण

545
views

सागर सुवेदी
पोखरा, २४ पुस । पोखरा रंगाला स्थित फुटवल स्टेडियम निर्माणका लागि स्थलगत निरिक्षण गरिएको छ । भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का पदाधिकारीले सोमबार विहान स्थलगत निरिक्षण गरेका हुन् ।

फुटबल मैदानको निरिक्षण पश्चात जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समिति एवं राष्ट्रिय खेलकुद परिषदका कर्मचारीसँगको छलफलमा एम. ए कन्ट्रक्सनका सञ्चालक हरिकुमार न्यौपानेले भने ‘पुर्वाधारको काम शुरु गरेपछि समस्या नआउने गरी काम गर्नुपर्छ, तोकिएकै समयमा स्टेडियम बन्छ ।’

स्टेडियम निर्माणका लागि भारतीय कम्पनी ग्रेट स्पोर्टसका प्राविधिक सिद्धान्त परदेशी समेत पोखरा रंगशाला आईपुगेर बस्तुगत अध्ययन गरेका छन् ।