बम्जन आश्रमबाट हत्याको प्रमाण फेला

768
views

काठमाडौं, २४, पुस । ‘लिटिल बुद्व’ भनेर चिनिने ‘तपस्वी’ रामबहादुर बम्जनको आश्रमबाट अनुयायीको हत्यासम्बन्धी प्रमाण फेला परेको प्रहरीले दाबी गरको छ ।

फरेन्सिक विज्ञसहित काठमाडौंबाट पुगेको सीआइबीको टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ बाँडेगाउँस्थित बम्जनको आश्रममा अनुसन्धान गर्दा अनुयायीको हत्यासम्बन्धी केही प्रमाण फेला पारेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले गत शुक्रबार र शनिबार बम्जनको आश्रममा छापा मारेको थियो ।

आश्रममै रहेका प्रत्यक्षदर्शीले नुवाकोटका अनुयायी सञ्चलाल वाइबाको बाँडेगाउँकै आश्रममा हत्यापछि नुन हालेर खाडलमा पुरेको जानकारी दिएका थिए । ती अनुयायीको जानकारीपछि सञ्चलालका छोरा महेन्द्रले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र मकवानपुरमा निवेदन दिएका थिए । सञ्चलाल पछिल्लो पटक २०७१ चैत १५ परिवारको सम्पर्कमा थिएका थिए ।

सीआईबीसहितको टोलीले सञ्चलालको हत्या भएको भनिएको आश्रमको सम्भावित स्थान उत्खनन् गरेको थियो । खाडल उत्खनन्बम क्रममा प्रहरीले आयोडिन नुनका नौ वटा खाली प्याकेट बरामद गरेको छ । प्रहरीले खाडलबाट शवको कुनै अवशेष फेला पार्न सकेन ।