क्रान्तिकारी पत्रकार महासंघको ३ नं. प्रदेशको भेला सम्पन्न

941
views

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघ प्रदेश नं. ३ को प्रदेश भेला बुधबार काठमाडौंको बुद्धनगरमा सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समितिका सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको केन्द्रीय अध्यक्ष सीपी गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा क्रान्तिकारी माओवादीका पिविएम तथा ३ नं. प्रदेश सचिव दिनेश शर्मा, संगठनका केन्द्रीय अध्यक्ष इन्द्र राउत, पार्टीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेल, संगठनका केन्द्रीय कार्यालय सदस्य लोकराज जैसीलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

भेलाले पत्रकार रनसुर महतराको संयोजकत्वमा २१ सदस्यीय ३ नं. प्रदेश समितिको निर्माण गरेको छ । उक्त संगठनको प्रदेश समितिका अन्य सदस्यहरुमा सागर श्रेष्ठ, कुमार भट्टराई, विष्णु आले, गोपालदास श्रेष्ठ, भागवतनरसिंह प्रधान, निर्मला रेग्मी, प्रदीप श्रेष्ठ, पदम मोक्तान, दीपक पोखरेल, सुजा पुडासैनी, नविन वाइवा, जय दाहाल, रामशरण नेपाली, वालकृष्ण थापा, विधुर ढकाललगायत रहेका छन् ।

भेलाले संगठनको राष्ट्रिय सम्मेलनलाई लक्षित गरी फागुनको पहिलो हप्ताभित्र प्रदेशका सबै जिल्लामा जिल्ला भेला सम्पन्न गर्ने, पेशागत हकहितका विषय, प्रेस स्वतन्त्रता, श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन लगायतका विषयमा प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, माग ७ गते पत्रकारका पेशागत मुद्दामा केन्द्रीत रहेर वृहत् अन्र्त्क्रिया गर्ने निर्णय गरेको छ ।

साथै, भेला पछि बसेको प्रदेश कमिटिको पहिलो बैठकले सात सदस्यीय सचिवालय गठन तथा कार्यविभाजन समेत गरेको नवनिर्वा्चित प्रदेश कमिटिको तर्फबाट संयोजक रनसुर महतराले जारी गरेको वक्तव्यमा जनाइएको छ ।