मालढुङ्गा बस दुर्घटनाः चारको मृत्यु, ३५ घाईते (अपडेट)

756
views

पर्वत । पर्वतको मालढुङ्गामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । वेनीबाट नारायणघाट हिडेको ग १ ख ६१०८ नम्वरको बस मालढुङ्गामा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा तीनजनाको घटना स्थलमा नै मृत्यु भएको छ भने एकजनाको धौलागिरी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

दुर्घटनामा धेरै घाइते भएका छन् । घाईतेको वाग्लुङ र पर्वतका जिल्ला अस्पतालहरुमा उपचार भइरहेको छ । बस मालढुङ्गाका सुकुम्वासी टोलमा दुर्घटना भएको हो ।