मालढुङ्गामा बस दुर्घटना मृत्यु हुनेको संख्या सात पुग्यो

677
views

महेन्द्र जिसी
पर्वत, ३, माघ । पर्वतको मालढुङ्गामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । वेनीबाट नारायणघाट हिडेको ग १ ख ६१०८ नम्वरको बस मालढुङ्गामा दुर्घटना भएको हो । उक्त दुर्घटनामा तीनजनाको घटना स्थलमा नै मृत्यु भएको छ भने धौलागिरी अञ्चल अस्पता बाग्लुङमा चार जना गरी मृत्यु हुनेको संख्या सात पुगेको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख रामकृष्ण गौलीले बताए ।

एकजनाको धौलागिरी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनामा धेरै घाइते भएका छन् । घाईतेको वाग्लुङ र पर्वतका जिल्ला अस्पतालहरुमा उपचार भइरहेको छ । बस मालढुङ्गाका सुकुम्वासी टोलमा दुर्घटना भएको हो ।