सुक्खा बन्दरगाहको विषयमा चोभारमा विरोध

698
views

काठमाडौं, ३, माघ । स्थानीयबासीको विरोधका कारण रोकिएको सुक्खा बन्दरगाह शिलान्यासको तयारी भैरहेका बेला स्थानीयले आजपनि विरोध शुरु गरेका छन् ।

चोभारमा निर्माण गर्ने भनिएको सुक्खा बन्दरगाह (काठमाडौं कन्टेनर फ्रेट स्टेसन) शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली यहाँ आइपुगेका छन् । तर स्थानीयवासीको विरोध भने रोकिएको छैन् ।

गत असोज ३० गते बन्दरगाहको भवन निर्माणको शिलान्यास गर्ने कार्यक्रम स्थानीयवासीको विरोधका कारण रातारात स्थगित भएको थियो ।

उनीहरूले बन्दरगाहभन्दा अन्तराष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण र पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्नुपर्ने लगायतका विभिन्न माग राखेका छन् ।