सुदुर पश्चिममा हिमपात, जनजीवन कष्टकर

1548
views

डडेल्धुरा, ८ माघ । डडेल्धुरा लगायत सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा गएराती देखी हिमपात सुरु भएको छ । डडेल्धुरा सहित सुदुरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लामा हिमपातका कारण अत्याधिक चिसो समेत बढेको छ । पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला लगायतका जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो ।

गएराती बाट पानी परेसँगै आज बिहानदेखी हिमपात सुरु भएको हो । डडेल्धुरा सदरमुकाममा आज बिहान ५ बजेदेखी हिमपात सुरु भएको छ । भने उच्च लेकाली भागमा राति नै हिमपात भएको हो । भिमदत्त राजमार्गको साहुखर्क, हगुल्टे, गैरा लगायतका क्षेत्रमा भारी हिमपात पछि सवारी साधन संचालनमा कठिनाई आएको छ ।

हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन् । एक्कासि बढेको चिसोका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन् ।

लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका पहाडी भेगका किसानलाई भने हिमपातले धेरै राहत पु¥याएको छ । हिउँ जम्न थालेका कारण दैनिक जनजीवन कष्टकर बन्दै गएको छ । बाक्लो हिउँ परेसँगै यहाँका गाउँघर सेताम्य बनेपछि किसानहरु भने खुसी भएका छन् ।