स्कार्पियोमा जनप्रतिनीधि, स्टेचरमा विरामी

1508
views

महेन्द्र जिसी
पर्वत, १२, फागुन । फलेवास नगरपालिकाका जनप्रतिनिधिहरु ६२ लाखको सुविधायुक्त स्कार्पियोमा हुईकिन्छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै नगर प्रमुख र उप प्रमुखका लागि खरिद भएको नयाँ गाडी समय समयमा मर्मत हुन्छ । सुविधायुक्त उत्त गाडीमा कुनै समस्या छैन् । तर, स्वास्थ्यसँग जोडिएको एम्बुलेन्सले मर्मतसम्म पाएको छैन् ।

फाईल तस्विर


पाँचवर्ष अघि निर्वाचन आयोगबाट प्राप्त एम्बुलेन्स तीन वर्षअघि संसद विकास कोषको सहयोगमा सञ्चालनमा ल्याइएको थियो । नगरपालिका–११ पाङराङको एम्बुलेन्स डेड वर्ष देखी मर्मतको अभावमा थन्किएको छ ।

सुतकेरी महिला, जेष्ठ नागरीकहरुलाई प्रत्यक्ष सेवा दिइरहेको एम्बुलेन्स मर्मत नहुँदा विरामीलाइ सास्ती सँगै औषधोपचनार महंगो भएको छ । यहाँका विरामीहरु डोको तथा स्टेचारमा सदरमुकाम रिफर गर्नुपर्ने बाध्यता रहको पाङराङ स्वाथ्य चौकीले जनाएको छ ।

स्थानीय तहमा बजेट पुगेपछि जिल्ला तहका कार्यक्रम कटौती भएपनि श्रोतको अभावमा मर्मत गर्न नसकीएको पाङराङ स्वाथ्य चौकीका ईन्चार्ज अंकीत यादवले बताए ।

स्थानीय तहले आवश्यक औषधि समेत समयमा खरीद नगर्दा सरकारले तोकेको औषधि स्वाथ्य चौकीमा छैन् । नगरपालिकाका कुर्घा, पाँङराङ, कर्नास, बाच्छा, सिरकाँङ लगायतका विभिन्न वडामा प्रत्यक्ष सेवा दिइरहेको एम्बुलेन्स मर्मतको अभावमा थन्कीएपछि अहीले औषधि ढुवानीमा समेत समस्या भएको स्वाथ्य चौकीले जनाएको छ ।

वाडा अध्यक्ष शेर बहादुर सुनुवारले नगरपालिकाले वडा तहका कुनैपनि बजेट उपलब्ध नगराएका कारण एम्बुलेन्स मर्मत गर्न नसकीएको बताउँछन् ।

पाँच वर्षअघि निर्वाचन आयूक्त निलकण्ठ उप्रेतीको पहलमा उक्त स्वाथ्य संस्थामा एम्बुलेन्स उपलब्ध भएको थियो । पछि संसद विकास कोषको सहयोगमा सञ्चलनमा आएको एम्बुलेन्सस्थानीय तह कार्यन्वयपछि अलपत्र परेको छ ।