पर्वत, बाग्लुङ र म्याग्दीमा अभियान टोली

961
views

गोपाल जिसी
पर्वत, १७, फागुन । देशैभर मेची–महाकाली अभियानमा रहेको देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल प्रदेश नं ४ को टोलीले पर्वत, म्याग्दी र बाग्लुङमा कोणसभा गरेको छ ।

पर्वतमा आज भएको कोण सभालाई संबोधन गर्दै देजमो नेपाल प्रदेश नं ४ का संयोजक एवं नेकपा (क्रान्तिकारी माओवादी) का पोलिट ब्युरो सदस्य केश बहादुर परियारले नेकपा सरकार सवैभन्दा ठूलो भ्रष्टाचारी सरकार भएको बताए ।

परियारले वर्तमान सरकारले देशमा भइरहेको हत्या हिंसा, वलात्कारका साथै जनताको शान्ति सुरक्षाको सवालमा निरिह बनेको बताए । उनले सरकारले महंगी, कालाबजारी, मुल्यवद्धिबाट सुरु गरी तस्कर र कालावजारी पोष्नतर्फ उद्धत भएको आरोप लगाए ।

यस्तै बाग्लुङ्गमा भएको कोण सभालाई संबोधन गर्दै सो पार्टीका केन्द्रिय सदस्य एवं देजमो सचिवालय सदस्य अशोक लम्साल ‘अनुकल’ ले नेपाली जनताको मुक्ति नक्कली कम्यूनिष्टबाट सम्भव नभएको बताए ।

उनले नेपालमा जनवादी क्रान्ति पुरा नभएको बताउँदै जाती, वर्ग, क्षेत्र र लिङ्गको वर्गिय मुक्तिआन्दोलनबाट मात्र सम्भव भएकोले नेपालमा वर्ग संघर्ष अपरीहार्य रहेको बताए ।

यस्तै म्याग्दीमा भएको कार्यक्रमलाई संबोधन गर्दै सो पार्टीका केन्द्रिय सदस्य एवं धौलागिरी ईन्चार्ज निल बहादुर थापाले वर्तमान सरकार ईतिहासकै नालायक सरकार रहेको टिप्पणी गरे । उनले जनवादी गणतन्त्र स्थापनाका लागि आमजनता एकहुनुपर्ने बताउँदै जनयुद्वदेखी हरेक आन्दोलनमा म्याग्देली जनताको महत्वपूर्ण योगदान रहेको बताए ।

कार्यक्रममा बोल्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रिय सदस्य तेजेन्द्र पौडेलले डबल नेकपा नेतृत्वको सरकारले मुलुकको विकास गर्न नसक्ने बताए । उनले देश र जनतालाई कंगाल बनाउने सरकारलाई सडकबाटै फाल्नुपर्ने बताए ।

पर्वतमा भएको कोणसभाको सञ्चालन देजमो प्रदेश नं ४ का सदस्य गोपाल जिसीले गरेका थिए ।